global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, पदाधिकारी टुंगो लाग्ने

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, पदाधिकारी टुंगो लाग्ने

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आन्तरिक गृहकार्यपछि बैठक बसेको हो । तथापी प्रचण्डको व्यस्तताले बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो गरि सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले आज पार्टी पदाधिकारी टुंगो लगाउने छ । एक नेताका अनुसार प्रचण्डले सबै पदाधिकारीको नाम टुंग्याएपछि बैठक बसालेका हुन् । अब औपचारिक रुपले घोषणा हुनमात्रै बाँकी रहेको छ ।

महासचिवका लागि निकै टकराव देखिएपछि तेस्रो व्यक्ति ल्याएर प्रचण्डले पदाधिकारी टुंग्याएका छन् । यसअघि बर्षमान पुन र जनार्दन शर्माबीच महासचिवका लागि शक्ति संघर्ष चलेको थियो । यी दुवैलाई व्यवस्थापन गर्न प्रचण्डले देव गुरुङलाई महासचिवमा अघि चयन गरेका छन् । पुन र शर्मालाई भने उपमहासचिवको जिम्मेवारी दिइएको छ । उनीहरुसँगै गिरिराजमणि पोखरेल पनि उपमहासचिव बन्नेछन् ।

उपाध्यक्षहरुमा दीनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको नाम अघि सारिएको छ । वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठ यसअघि नै चयन भएका छन् ।

बैठकमा पदाधिकारी चयनबाहेक आगामी निर्वाचनका विषयमा समेत छलफल हुनेछ । त्याेसँगै गठबन्धनमा हुने भागबण्डाका विषयमा समेत छलफल चलेको बैठकमा सहभागि एक नेताको भनाइ छ ।

प्रकाशित समय : ०९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु