global ime bank Long Banner Ad

गृहपृष्ठ मानव वन्यजन्तु द्वन्द्व नियन्त्रण र व्यवस्थापनका कार्यक्रममा जोड दिन वनमन्त्री यादवको निर्देशन

मानव वन्यजन्तु द्वन्द्व नियन्त्रण र व्यवस्थापनका कार्यक्रममा जोड दिन वनमन्त्री यादवको निर्देशन

मानव वन्यजन्तु द्वन्द्व नियन्त्रण र व्यवस्थापनका कार्यक्रममा जोड दिन वनमन्त्री यादवको निर्देशन

वन तथा वातावरणमन्त्री प्रदीप यावदले पछिल्लो समय मानव वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएकाले यस्को नियन्त्रण तथा दीगो व्यवस्थापनका कार्यक्रमहरु लागु गर्न निर्देशन दिएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजना गरिएको मन्त्रालय स्तरीय विकास, समस्या समितिको बैठकमा मन्त्री यादवले मानव वन्यजन्तुबीच द्वन्द्व कम गराउने खालका कार्यक्रम तथा योजनाहरु तत्काल लागु गर्न मातहतका निकाय तथा विभागहरुलाई निर्देशन दिए । उनले भने, ‘वन्यजन्तुका वासस्थानमा सुधार ल्याउने तथा उनीहरुको दिगो व्यवस्थापनका कार्यक्रम लागु गर्नुस्, मानव वन्यजन्तुबीचको द्वन्द्व कम गराउने योजना चाडो लागु गरौँ ।’

मन्त्री यादवले वन मन्त्रालयका कर्मचारी, मातहतका निकाय, विभागहरूका कार्यक्रमले अहिले नेपालमा बाघको संख्यामा वृद्धि हुनुका साथै नेपालको वन क्षेत्र पनि जोगिएको भन्दै उनीहरूप्रति धन्यवाद समेत प्रदान गरे । यसैगरी मन्त्री यादवले वन क्षेत्र उपलब्ध गराउने विषय, वातावरणीय अध्ययनसम्बन्धी विषयहरूलाई अन्य सम्बन्धित मन्त्रालयहरूसँगको समन्वयमा छिटो छरितो गर्दै लैजानसमेत निर्देशन दिए ।

राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधानले वन तथा वातावरण मन्त्रालयले अघिसारेका पर्यावरण, वन जङगल, वन्यजन्तु र जलस्रोतको संरक्षणसहित विकासको मोडलका कार्यक्रमहरुलाई राष्ट्रिय योजना आयोगले पनि सहयोग गर्ने जानकारी दिइन् ।

प्रकाशित समय : २१:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु