global ime bank Long Banner Ad

गृहपृष्ठ कोरोनाबाट दुई जनाको मृत्यु, ४३८ जनामा संक्रमण पुष्टि

कोरोनाबाट दुई जनाको मृत्यु, ४३८ जनामा संक्रमण पुष्टि

कोरोनाबाट दुई जनाको मृत्यु, ४३८ जनामा संक्रमण पुष्टि

आज चार सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार छ सय ९९ जनामा गरिएको परीक्षणमध्ये चार सय ३८ मा संक्रमण पुष्टि भएको हो ।

सक्रिय संक्रमितको संख्या चार हजार तीन सय ६९ रहेको छ । विगत २४ घण्टामा दुई सय ७७ जना संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ६६ जनाको संक्रमणबाट निधन भइसकेको छ । काठमाडौँ जिल्लामा पाँच सयभन्दा बढी तथा मोरङ र ललितपुरमा दुई सयभन्दा बढी संक्रमित रहेका छन् ।

यस्तै, मनाङ, कालिकोट, मुगु, हुम्ला र बाजुरामा शून्य संक्रमित रहेका छन् । हाल होम आइसोलेसनमा चार हजार दुई १८, संस्थागत आइसोलेसनमा एक सय ५१ र सघन उपचारकक्ष (आइसीयू)मा ३३ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । यसैगरी, विगत २४ घण्टामा ५८ हजार पाँच सय ५९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित समय : १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु