गृहपृष्ठ ५७७ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु
५७७ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार २८२ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या हालसम्म नौ लाख ८५ हजार ८०८ पुगेको छ । एन्टीजेन विधिबाट गरिएको परीक्षणमा संक्रमितको संख्या एक लाख ४२ हजार ३६३ रहेको छ । पछिल्लो समय थप २६९ जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी, पछिल्लो समय २८ हजार २५६ जनाले खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या चार हजार ३५६ रहेको छ । जसमध्ये होमआइसोलेसनमा चार हजार २०३, संस्थागत आइसोलेसनमा १५३, आइसीयूमा ३४ र भेन्टिलेटरमा पाँचको उपचार भइरहेको छ ।
प्रकाशित समय : १७:४२ बजे



















