global ime bank Long Banner Ad

गृहपृष्ठ मालपोत कार्यालय जुम्लाले गर्यो दुई करोड राजस्व संकलन

मालपोत कार्यालय जुम्लाले गर्यो दुई करोड राजस्व संकलन

मालपोत कार्यालय जुम्लाले गर्यो दुई करोड राजस्व संकलन

मालपोत कार्यालय जुम्लाले आार्थिक वर्ष २०७८/७९ मा मात्र दुई करोड नौ लाख ५७ हजार राजस्व संकलन गरेको छ । सोही आर्थिक वर्ष कार्यालयले विभिन्न शीर्षकमा उक्त राजस्व संकलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए ।

त्यसमध्ये आर्थिक वर्ष २०७८/७९ मा मालपोत कार्यालयले तीन सय ७२ महिलाका नाममा जग्गा नामसारीसमेत गरेको छ । पछिल्लो समयमा ग्रामीण भेगका महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । एक सय ८८ महिला ग्रामीण क्षेत्रका र सहरी क्षेत्रका एक सय ८४ महिला रहेका छन् ।

कार्यालय प्रमुख रोकायाका अनुसार ग्रामीण र सहरी क्षेत्रका महिलाका नाममा जग्गा पास गरेकामा २४ लाख ६४ हजार नौ सय ३४ राजस्व छुट भएको छ । यस्तै आर्थिक वर्ष २०७८/७९ मा ग्रामीण क्षेत्र र सहरी क्षेत्रका गरी ७८ दलितका नाममा लिखत पास भएको छ । त्यसमा ग्रामीण क्षेत्रका ५६ र सहरी क्षेत्रका २२ गरी जम्मा ७८ जनाको लिखत पास गर्दा एक लाख ८७ हजार तीन सय ५२ रकम राजस्व छुट भएको कार्यालय प्रमुख रोकायाले बताए ।

प्रकाशित समय : १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु