गृहपृष्ठ राप्रपा नयाँ शक्तिका रुपमा : राजेन्द्र लिङ्देन
राप्रपा नयाँ शक्तिका रुपमा : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा नेपालको राजनीतिमा नयाँ शक्तिका रुपमा विकास भइरहेको बताएका छन् ।
सो पार्टीको कैलाली जिल्ला समितिले आज धनगढीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उनले पार्टीले आउने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नयाँ परिणाम दिने बताए । अध्यक्ष लिङ्देनले अहिले सुस्ताएको राजनीतिमा फेरि नयाँ तरंग सिर्जना गर्ने काम राप्रपाबाट भइराखेको जिकिर गरे ।
प्रकाशित समय : २०:४६ बजे