global ime bank Long Banner Ad

गृहपृष्ठ एक वर्षमा भित्रियो ३८ अर्बभन्दा बढीको मोबाइल फोन

एक वर्षमा भित्रियो ३८ अर्बभन्दा बढीको मोबाइल फोन

एक वर्षमा भित्रियो ३८ अर्बभन्दा बढीको मोबाइल फोन

नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्को अवधिमा नेपालले ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ । उक्त मूल्यमा नेपालमा ५५ लाख ८६ हजार ५७८ वटा मोबाइल सेट भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरेको थियो ।

नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, बंगलादेश, युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका र भियतनामबाट आउने गरेका छन् । गत आर्थिक वर्ष चीनबाट मात्र नेपालमा २२ अर्ब ७७ करोड ९१ लाख ८९ हजार रुपैयाँको मोबाइल फोन भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

प्रकाशित समय : १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु