nmb bank

गृहपृष्ठ आगामी निर्वाचनमा देशको बागडोर लिनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

आगामी निर्वाचनमा देशको बागडोर लिनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

आगामी निर्वाचनमा देशको बागडोर लिनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई देशको बागडोर लिनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । जसपाबाट माओवादी प्रवेश गर्ने नेता कार्यकर्तालाई पार्टी कार्यालय पेरिसडाँडामा स्वागत गर्दै प्रचण्डले आगामी निर्वाचनमा बलियो पार्टीको स्थापित हुने बताए ।

‘माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । यो देशका जाति जनजाति, आदिवासी, दलित, महिला, मुस्लिम सबै श्रमजीवी जनताको हक अधिकार स्थापित हुँदैन,’ उनले भने, ‘पर्सामा माओवादी कमजोर छ । यो पार्टी प्रवेशले नयाँ उत्साह थप्ने छ । आउने निर्वाचनमा माओवादीलाई यो देशको बागडोर लिनबाट कसैले रोक्ने छैन ।’

उनले राजनीति सम्भावनाको खेल भएको भन्दै जनताको परिवर्तन र अधिकारलाई स्थापित गर्ने कुरा मुख्य उद्देश्य रहेको उनले बताए ।

‘राजनीतिक सम्भावनाको खेल पनि हो, असम्भव भन्ने केही हुँदैन । मुख्य कुरा परिवर्तन र जनताको अधिकारलाई स्थापित गर्ने कुरा नै हो,’ उनले भने ।

पार्टी प्रवेश गरेर आउने नेता कार्यकर्तालाई बिना आग्रह बिना हिचकिचाहट जिम्मेवारी दिने प्रचण्डले बताए । पार्टीमा भएका नयाँ र पुराना सबै नेता कार्यकर्ता हार्दिकतापूर्वक मिलेर काम गर्ने बताए ।

प्रकाशित समय : १८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु