global ime bank Long Banner Ad

गृहपृष्ठ उपसभामुख भुसालले लिइन् पद तथा गोपनीयताको शपथ

उपसभामुख भुसालले लिइन् पद तथा गोपनीयताको शपथ

उपसभामुख भुसालले लिइन् पद तथा गोपनीयताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले नवविर्चाचित उपसभामुखमा पुष्पा भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा सभामुख सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले उपसभामुखमा नेपाली कांग्रेसकी सांसद् भुसाललाई निर्वाचित गरेको थियोे । उनी १४८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित समय : १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु