global ime bank Long Banner Ad

गृहपृष्ठ ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचार गर्ने हिम्मत गर्दैनन् : गोविन्द केसी

ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचार गर्ने हिम्मत गर्दैनन् : गोविन्द केसी

ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचार गर्ने हिम्मत गर्दैनन् : गोविन्द केसी

काठमाडौंको नक्शालमा आज भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध प्रदर्शन भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पनि जोडिएको प्रदर्शनमा सहभागी नागरिक अगुवा तथा चिकित्सक डा.गोविन्द केसीले आशंका गरेका छन् । उनले ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचारको हिम्मत नगर्ने दाबी गरेका छन् ।

‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन । छानबिन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुुनपर्छ । देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभइकन ऊ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ’ उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका नेताहरु फरार हुनुले उनीहरु दोषी रहेको आशंकामा बल मिलेको केसीको भनाइ छ । ‘निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरु भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ’ उनले भने ।

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु