global ime bank Long Banner Ad

गृहपृष्ठ थप २०५ जनामा कोरोना, कति छन् सक्रिय संक्रमित ?

थप २०५ जनामा कोरोना, कति छन् सक्रिय संक्रमित ?

थप २०५ जनामा कोरोना, कति छन् सक्रिय संक्रमित ?

पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार तीन हजार ९० परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार १९९ पीसीआर परीक्षणमा १५२ जना र एक हजार ८९१ एन्टिजेन परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ रहेको छ । शनिबारसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३८५ पुगेको छ ।

संक्रमितमध्ये एक हजार ३४४ जना होम आइसोलेसनमा छन् भने ४१ जना संस्थगत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १७ जना आइसीयूमा छन् । एक जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित समय : १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु