गृहपृष्ठ गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी २८ जना प्रदेससभा सदस्यले हस्ताक्षर गरी प्रदेशसभा सचिवालयमा बिहीबार अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ । गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र २ जना स्वतन्त्र सांसद छन् ।
सरकारले बुधबार मध्यरातदेखि लागू हुने गरी चालु अधिवेशन अन्त गरिसकेको छ । अधिवेशन अन्त्य भए पनि अविश्वासको प्रस्ताव दर्ता गर्न सकिन्छ । तर, विशेष अधिवेशन नबोलाएसम्म पेश भएको अविश्वासको प्रस्ताव सांसदमा पेश हुन नपाउने कानुन प्रावधान छ । संविधानको धारा १८३ अनुसार एक चौथाई सांसदले माग गरे विशेष अधिवेशन बोलाउनुपर्ने हुन्छ ।
प्रकाशित समय : १९:३३ बजे