nmb bank

गृहपृष्ठ एकीकृत समाजवादीकाे घाेषणापत्र सार्वजनिक (पूर्णपाठ)

एकीकृत समाजवादीकाे घाेषणापत्र सार्वजनिक (पूर्णपाठ)

एकीकृत समाजवादीकाे घाेषणापत्र सार्वजनिक (पूर्णपाठ)

नेकपा एकीकृत समाजवादीले साेमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा चुनावी घोषणापत्र सार्वजनिक गरेकाे छ । ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ भन्ने नारासहित प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ घोषणापत्र सार्वजनिक भएकाे हाे ।

घाेषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने तथा खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा विशेष जोड दिइएको घोषणापत्रमा सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्बन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ ।

समाजवादमा आधारित आर्थिक-सामाजिक रूपान्तरण सहितको समृद्धि, जनताको अधिकार, राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शीता सहितका विषय घोषणापत्रमा छन् । आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई घोषणापत्रमा प्राथमिकताका साथ समावेश गरिएको छ ।

पूर्णपाठ :

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु