गृहपृष्ठ पूर्वाधार
सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको...
मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको...
ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति...
तमोर र त्यसका सहायक नदीमा निर्माणाधीन आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजना सम्पन्न भएको छ । सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट...
अलपत्र अवस्थामा रहेको भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनवालुवा पक्की पुल निर्माण पुनः सुरु भएको छ । करिब साढे छ वर्षदेखि सो पुल निर्माण रोकिएको थियो । यहाँ पक्की पुल निर्माणका लागि विसं २०७३ मा सम्झौता भएर २०७६ सालबाट...
बडिमालिका नगरपालिका– ८ बाउली खोलामा गत वर्ष नै पुल निर्माण भइसक्नुपथ्र्यो । डेढ वर्षमा पुल निर्माण गर्ने सम्झौता भए पनि साढे दुई वर्षसम्म एउटा खाडल खन्नेबाहेक काम भएको छैन । पिलर उठाउन बनाइएको फाउन्डेसन (खाल्डो) नै पुरिन थालेको छ । जब कि पेस्कीबापत...
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११७ किलोमिटर कालोपत्रे सडक थप भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८०-८१ मा सञ्चालित नीति तथा प्रमुख कार्यक्रमहरूको २०८० पुस मसान्तसम्मको प्रगति प्रतिवेदन अनुसार सो अवधिमा दुई लेन र चार लेनका गरी...
गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुयाएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनः निर्माण सम्पन्न भएको छैन । ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा सो आयोजना निर्माण गरिएको थियो । सो आयोजनाको क्षमता ९.९ मेगावाट रहेको थियो...
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको मादी नदीमाथि निर्माण भइरहेको आर्क डिजाइनको पुलको काम १२ प्रतिशत सकिएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने गरी उक्त पुल निर्माण भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद...
दुई वडा जोड्नका लागि मादी नदीमाथि मोटरेबल पुल निर्माण थालिएको छ । तनहुँको व्यास नगरपालिका–५ र ७ जोड्न मोटरेबल पुल निर्माण थालिएको हो । सङ्घीय सरकारमार्फत सडक विभागले नै यहाँ पुल निर्माण गरिरहेको छ । उक्त पुल निर्माणका लागि नदीको...












