गृहपृष्ठ गाडी दुर्घटना हुँदा भरतपुर महानगर प्रमुख दाहाल घाइते
गाडी दुर्घटना हुँदा भरतपुर महानगर प्रमुख दाहाल घाइते
ललितपुरको जावलाखेलस्थित कुसुन्ती जाने सडकमा आफू चढेको गाडीको टायर पड्किएर भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल घाइते भएकी छन् ।
उनी सवार गाडीको टायर पड्किँदा गाडी अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोषसिंह राठौरले जानकारी दिए । उनका अनुसार घाइते दाहालको सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ ।
उनको टाउकोमा चोट लागेको जनाइएको छ ।
प्रकाशित समय : २३:०६ बजे



















