nmb bank

गृहपृष्ठ त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी गर्ने पक्राउ

त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी गर्ने पक्राउ

त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी गर्ने पक्राउ

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एमबीबीएस अध्ययन गर्न विदेशी नागरिकले पाउने छात्रवृति कोटामा भर्ना गरिदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा अछाम मंगलसेन नगरपालिका–२ बस्ने चक्र बहादुर बिक रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

आफूलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा कार्यरत एमबीबीएस÷एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा.दिपक बिसी हुँ भनि उनले चिनाउने गरेको प्रहरीले जनाएको छ ।

बिकले छात्रवृतिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा ३० लाख रुपैयाँ लिइ भर्ना गरी दिन्छु भनी विश्वासमा पारी पीडितबाट पटक पटक गरी १७ लाख रूपैयाँ ठगी गरेको प्रहरीले बताएको छ । 

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु