nmb bank

गृहपृष्ठ यूनाइटेड सिमेन्टद्वारा निर्माणकर्मीलाई प्रशिक्षण

यूनाइटेड सिमेन्टद्वारा निर्माणकर्मीलाई प्रशिक्षण

यूनाइटेड सिमेन्टद्वारा निर्माणकर्मीलाई प्रशिक्षण

यूनाइटेड सिमेन्ट्सले काठमाडौं तथा ललितपुरको विभिन्न स्थानमा निर्माणकर्मीहरुलाई सिमेन्टको बारेमा जानकारी तथा गुणस्तरिय निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको छ ।

निर्माणका विषयमा सम्बन्धित ठेकेदार र मिस्त्रिलाई तालिम दिनु आवश्यक रहेकाले कार्यक्रमको पुनः थालनी गरिएको सिमेन्ट्सले जनाएको छ । हालसम्म ४  स्थानमा सयौं निर्माणकर्मीलाई प्रशिक्षण दिइसकेको र यो कार्यक्रम निरन्तर चलिरहने कम्पनीको भनाइ छ ।

सिमेन्ट के हो र कसरी बन्छ भन्ने प्राविधिक जानकारीको साथै राम्रो गुणस्तरको सिमेन्ट मसला बनाउने तरिका, डण्डी बाध्ने सही तरिका, कंक्रिटका विभिन्न ग्रेडहरुको बारेमा जानकारी सो क्रममा दिइएको थियो ।

प्रकाशित समय : १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु