nmb bank

गृहपृष्ठ एमसीसी उपाध्यक्ष नेतृत्वको टोली काठमाडौं आइपुग्यो

एमसीसी उपाध्यक्ष नेतृत्वको टोली काठमाडौं आइपुग्यो

एमसीसी उपाध्यक्ष नेतृत्वको टोली काठमाडौं आइपुग्यो

अमेरिकी परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स सहितकाे टाेली बिहीबार बिहान काठमाडौं आइपुगेकाे छ । उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा कतार एयरवेजमार्फत बिहीबार बिहान ९:२५ बजे काठमाडौं ओर्लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ ।

टोलीले एमसीसी सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ । काठमाडौं आउनुअघि बुधबार मात्रै उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको जवाफ पठाएकी थिइन् । नेपालमा भने एमसीसीबारे एकमत हुन सकेकाे छैन । केही दिनयता एमसीसीकाे विराेधमा दिनहुँजसाे विराेध प्रदर्शन भइरहेकाे छ ।

प्रकाशित समय : १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु