nmb bank

गृहपृष्ठ थप २२९५ जनामा कोरोना संक्रमण

थप २२९५ जनामा कोरोना संक्रमण

थप २२९५ जनामा कोरोना संक्रमण

नेपालमा थप दुई हजार २९५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १६ हजार २३३ जनाको परीक्षण गर्दा दुई हजार २९५ जनामा संक्रमण देखिएको हो ।

सोमबार ११ हजार ८९२ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा एक हजार ९०२ जनामा र चार हजार ३४१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३९३ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६ जनाको ज्यान गएको छ भने एक हजार ८०८ जना डिस्चार्ज भएका छन् । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ पुगेको छ भने ज्यान गुमाउनेको संख्या १० हजार ७३० पुगेको छ ।

प्रकाशित समय : २२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु