nmb bank

गृहपृष्ठ मानुषी लघुवित्तको आइपीओ बाँडफाँट

मानुषी लघुवित्तको आइपीओ बाँडफाँट

मानुषी लघुवित्तको आइपीओ बाँडफाँट

मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपीओ सर्वसाधारणमा जारी गरेको थियो । संस्थाको आइपीओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए । उक्त आवेदनमध्येमा सात हजार ४३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी रहेका २३ लाख ५४ हजार ७८४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरिएको हो ।गोलाप्रथाबाट ३६ हजार ८५९ आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने तीन जनाले ११ कित्ता सेयर पाएका बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्टले जनाएको छ । आवेदन दिएकामध्ये २३ लाख २४ हजार बढी आवेदकको हात खाली भएको छ ।

कम्पनीले १०० अंकित दरका तीन करोड ९३ लाख ७५ हजार बराबरको तीन करोड ९३ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारी र जारी पूँजीको पाँच प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । इपीओ जारी भएपछि कम्पनीको चुक्तापूँजी १० करोड ९३ लाख ७५ हजार पुग्नेछ । आइपीओको नतिजा मेरा सेयर, सिडिएसले आइपीओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ । 

प्रकाशित समय : १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु