nmb bank

गृहपृष्ठ गुल्मी रेडक्रसलाई स्वास्थ्य सामग्री प्रदान

गुल्मी रेडक्रसलाई स्वास्थ्य सामग्री प्रदान

गुल्मी रेडक्रसलाई स्वास्थ्य सामग्री प्रदान

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले गुल्मी जिल्ला शाखालाई कोभिड-१९ का लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । सामग्रीमा ३५ हजार मास्क, ६५ पीपीइ, १० थर्मल गन, ६५ चस्मा, १०० फेस शिल्ड, ६५ गाउन, चार अक्सिजन कन्सन्ट्रेटरलगायतका छन् ।

सोसाइटीका केन्द्रीय महामन्त्री पीताम्बर अर्यालले जिल्ला सभापति राजेन्द्र श्रेष्ठलाई ती सामग्री प्रदान गरे । सो अवसरमा महामन्त्री अर्यालले कोरोना महामारी नियन्त्रणमा सोसाइटीले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिँदै यस प्रकारका सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा आफ्ना शाखा कार्यालयलाई वितरण भएको बताए । उनले भने, 'विपदका अवस्थामा सोसाइटीले निस्वार्थ मानवीय सेवामा जुटिरहेको छ । '

सोही अवसरमा ती सामग्री नेपाली सेना, नेपाल प्रहरी, पत्रकार महासंघ जिल्ला शाखा ,स्वास्थ्य कार्यालय तथा सोसाइटीका शाखालाई वितरण गरिएको थियो । जिल्ला सभापति श्रेष्ठले राजनीति आस्था र विचारभन्दा माथि उठेर सोसाइटीले मानवीय सेवा गरिरहेको बताए । 

प्रकाशित समय : २३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु