nmb bank

गृहपृष्ठ रोमासँग पराजित भए पनि युनाइटेड युरोपा लिगको फाइनलमा

रोमासँग पराजित भए पनि युनाइटेड युरोपा लिगको फाइनलमा

रोमासँग पराजित भए पनि युनाइटेड युरोपा लिगको फाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३-२ गोल अन्तरले पराजित भए पनि समग्रमा ८-५ को जित निकाल्दै युनाइटेड उपाधि हाेडमा उभिएकाे हाे ।

खेलको ३९औं मिनेटमा काभानीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । तर,५७औं मिनेटमा डेज्कोले गोल गर्दै रोमालाई १-१ गोलको बराबरीमा ल्याए । ६०औं मिनेटमा ब्रायनले गोल गर्दै रोमालाई २-१ को अग्रता दिलाए । ६८औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २-२ को बराबरीकाे स्थितिमा पुर्‍याए । तर, खेलको ८३औं मिनेटमा एलेक्सले आत्मघाती गोल गरेपछि रोमाले ३-२ को जित निकाल्यो ।

अब युनाइटेडले मे २६ मा स्पेनिस क्लब भिल्ला रियलसँग फाइनल खेल्नेछ । भिल्ला रियलले आर्सनललाई समग्रमा २-१ ले हराएर फाइनलमा स्थान पक्का गरिसकेकाे छ ।

प्रकाशित समय : १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु