nmb bank

गृहपृष्ठ नेपाल पत्रकार महासंघ निर्वाचन : गठबन्धन प्यानलको अग्रता कायमै

नेपाल पत्रकार महासंघ निर्वाचन : गठबन्धन प्यानलको अग्रता कायमै

नेपाल पत्रकार महासंघ निर्वाचन : गठबन्धन प्यानलको अग्रता कायमै

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । यस क्रममा शनिबार बिहानसम्म ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मत परिणामअनुासार गठबन्धनबाट केन्द्रीय अध्यक्षका उम्मेदवार विपुल पोखरेल प्रेस चौतारीका प्रतिस्पर्धी निर्मला शर्माभन्दा झन्डै दोब्बर मतले अगाडि छन् ।

पोखरेलले ४ हजार ४ सय ४६ मत ल्याउँदा शर्माले २ हजार ५ सय ३० मत पाएकी छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार रमेश विष्टले ४ हजार २ सय ७३ मत पाउँदा माधव नेपालले २ हजार ४ सय ३० मत ल्याएका छन् । महिला उपाध्यक्षका उम्मेद्वार बाला अधिकारीले ४ हजार ६ सय १५ मत प्राप्त गर्दा दाना केसीले २ हजार २ सय ३८ मत ल्याएकी छन् । समावेशीतर्फ पनि पोखरेल प्यानलकै उम्मेद्वार अगाडि छन् । उदय जीएमले ३ हजार ८ सय ९१ मत र अवधेश झाले २ हजार ३ सय ६७ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ । 

महासचिव पदका उम्मेदवार रोशन पुरीले ३ हजार ९ सय ८० मत पाउँदा प्रतिस्पर्धी बालकृष्ण बस्नेतले २ हजार ४ सय ९ मत ल्याएका छन्। खुला सचिवतर्फ गोविन्दप्रसाद चौलागाईले ३ हजार ९ सय १५ प्राप्त गर्दा रामकृष्ण ज्ञवालीले १ हजार ९ सय ३४ मत पाएको निर्वाचन समितिले जनाएको छ । महिला सचिवतर्फ पनि अहिलेसम्म पोख्रेल प्यानलकै सिर्जना अर्याल अगाडि छन् । उनले ४ हजार १ सय ५३ मत पाउँदा प्रतिस्पर्धी निमा काफ्लेको २ हजार ६ सय ७ मत ल्याएकी छन् । 

त्यसैगरी आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बुले अहिलेसम्म ४ हजार १० मत पाएका छन् भने प्रतिस्पर्धी शाहीमान राईले २ हजार १ सय ७० मत ल्याएका छन् । सचिव मधेसीतर्फ दीपेन्द्र चौहानले ३ हजार ६ सय ८९ र स्वेता सिन्हाले २ हजार ८ सय ७, दलित सचिवतर्फ हेमकर्ण विकले ३ हजार ९ सय ३३ र मधु शाहीले २ हजार ८ सय ५९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । एसोसिएटतर्फ सचिवमा गठबन्धनका पवन आचार्यले ३ हजार ७ सय ८ मत पाउँदा चौतारीका रामेश्वर कार्कीले १ हजार ८ सय २० मत पाएका छन् । कोषाध्यक्ष पदका उम्मेद्वार कलेन्द्र सेजुवालले ३ हजार ७ सय ५८ मतसहित अग्रता लिएका छन् भने प्रतिस्पर्धी कृष्ण गिरीले २ हजार ३८ मत पाएका छन् ।

लेखा समिति संयोजकमा गठबन्धनका लेखनाथ न्यौपानेले ३ हजार ६ सय २३ मत पाएका छन् भने द्वारिकाप्रसाद काफ्लेको २ हजार ५८ मत ल्याएका छन् । सदस्यमा पनि प्रेस युनियन र प्रेस संगठनकै उम्मेदवारकाे अग्रता छ ।

प्रकाशित समय : १५:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु