nmb bank

गृहपृष्ठ मलको सहज आपूर्ति गर्ने दिशामा सरकार अघि बढेको छ, अब अभाव हुँदैन : कृषिमन्त्री अर्याल

मलको सहज आपूर्ति गर्ने दिशामा सरकार अघि बढेको छ, अब अभाव हुँदैन : कृषिमन्त्री अर्याल

मलको सहज आपूर्ति गर्ने दिशामा सरकार अघि बढेको छ, अब अभाव हुँदैन : कृषिमन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने बताएकी छन् । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले मलको सहज आपूर्ति गर्ने दिशामा सरकार अघि बढेको र अब अभाव नहुने बताइन् ।

उनले अब मल आपूर्ति अनुमानमा नभई तथ्य र आवश्यकताका आधारमा गरिनेसमेत स्पष्ट पारिन् । 'मलको आपूर्ति अनुमानका आधारमा होइन, तथ्य र आवश्यकताका आधारमा गर्ने गरी प्रदेशहरुसँग आवश्यकताको माग गरिएको छ । त्यसका आधारमा प्रबन्ध गरिनेछ,' उनले भनिन् । मन्त्री अर्यालले दीर्घकालीन रूपमै मलको समस्या समाधान गर्ने तयारीसमेत भइरहेको जानकारी दिइन् । उनले रासायनिक मलको कारखाना खोल्नका लागि प्रक्रियासमेत अगाडि बढिसकेको बताइन् । 'अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि मन्त्रालयका सचिवलाई कारखाना उद्योग खोल्नका लागि कार्ययोजना तयार गर्न भनेका छौँ,' उनले भने, 'कार्ययोजना प्रस्तुत गरेपछि मन्त्रिपरिषदमा उद्योग खोल्नका लागि प्रस्ताव लगिने छ ।'

चालु आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन मल (युरिया मल दुई लाख ८२ हजार ५००, डीएपी दुई लाख दुई हजार ५०० र पोटास १५ हजार) आयात गर्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताइन् । सोमध्ये चालु आवमा एक लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको तथा एक लाख ६२ हजार मेट्रिक टन मौज्दात र दुई लाख ६९ मेट्रिक टन मल नेपाल भित्रिने क्रममा छ । मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने उनको भनाइ थियो । (रासस)

प्रकाशित समय : २०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु