nmb bank

गृहपृष्ठ स्थायी र केन्द्रीय कमिटी बैठक तत्काल बोलाउने प्रचण्ड-नेपाल पक्षको निर्णय

स्थायी र केन्द्रीय कमिटी बैठक तत्काल बोलाउने प्रचण्ड-नेपाल पक्षको निर्णय

स्थायी र केन्द्रीय कमिटी बैठक तत्काल बोलाउने प्रचण्ड-नेपाल पक्षको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तत्काल बोलाउने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको  कार्यालयमा सोमबार बिहान बसेको सचिवालय बैठकले प्रतिनिधिसभा पुन:स्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । केन्द्रीय कमिटी बैठक आगामी बुधबारका लागि बोलाइएको हो ।

बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिताबारे पेस गरिएको दावीमा छिटोभन्दा छितो निर्णय गर्न अनुरोध गर्ने निर्णय पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको विषयमा पनि सचिवालय बैठकमा छलफल भएको थियो । 'प्रमुख सचेतक हटाएको भन्ने विषयको कुनै अर्थ र ‍औचित्य नरहेको निष्कर्ष बैठकले निकालेको छ,' प्रवक्ता श्रेष्ठले भने ।

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु