गृहपृष्ठ आजको मौसम : तराईमा बाक्लो हुस्सु, अपराह्नपछि क्रमिक सुधार हुने
आजको मौसम : तराईमा बाक्लो हुस्सु, अपराह्नपछि क्रमिक सुधार हुने
आज तराई भेगका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने मध्य तराईमा पनि बाक्लो हुस्सु/कुहिरो लागेको छ । एक/दुई स्थानमा भने बेलुकासम्म हुस्सु रहने सम्भावना रहेको छ ।
त्यस्तै पूर्वी तराईमा पनि अधिकांश स्थानमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ र अपराह्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ । बिहानको समयमा बाक्लो हुस्सु लागे पनि चिसोबाट बच्ने उपायहरु अपनाउनुका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित समय : १६:३० बजे


















