गृहपृष्ठ प्रचण्डविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता
प्रचण्डविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ । सोमबार अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध मुद्दा दर्ता गरेका हुन् । मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ ।
प्रचण्डले मोरङको विराटनगरमा भएको सभामा ‘सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने’ बताएका थिए । ‘हामीलाई अदालतप्रति विश्वास छ तर पनि जनताको अदालत नै ठूलो हो । सारा देशले सुने हुन्छ,’ उनले भनेका थिए ।
प्रकाशित समय : १७:५७ बजे


















