गृहपृष्ठ सवारी साधन जाँच गर्दा लागुऔषधसहित दुई पक्राउ
सवारी साधन जाँच गर्दा लागुऔषधसहित दुई पक्राउ
महानगरीय प्रहरी प्रभाग नागढुंगाले उपत्यका प्रवेश गर्ने सवारी साधन जाँच गर्दा लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले राजविराजबाट काठमाडौँ आउँदै गरेको ना५ख ७८७५ नंको यात्रुवाहक बसमा सिरहाका २७ वर्षीय विवेक चौधरी र नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको ना५ख ८७४१ नंको बस जाँचका क्रममा बाँकेका २४ वर्षीय विप्लव शाहीलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी निरीक्षक कुमारविक्रम थापाले चौधरीको साथबाट ५६ एम्पुल डाइजेल्याब, ५८ एम्पुल फेनार्गन, ५५ एम्पुल नुर्फिन र शाहीबाट १०४ ट्याब्लेट नाइट्राभेट बरामद गरेको जानकारी दिए । पक्राउ परेका दुवैलाई कारबाहीका लागि अनुसन्धान भइरहेको वृत्त प्रमुख थापाले बताए ।
प्रकाशित समय : १७:०६ बजे

















