global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटको आयोजनामा स्वास्थ्य शिविर

राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटको आयोजनामा स्वास्थ्य शिविर

राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटको आयोजनामा स्वास्थ्य शिविर

नुवाकोट । राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले जिल्लाको किस्पाङ गाउँपालिकाको सहकार्यमा आज यहाँ बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविरमा चार सय छ जनाले सेवा लिएका छन् ।

किस्पाङ–३, काहुले स्वास्थ्य चौकीमा विभिन्न विशेषज्ञहरूबाट स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा शल्य चिकित्सक, हाडजोर्नी, स्त्रीरोग, जनरल फिजिसियन, आँखासहितका विशेषज्ञबाट सेवा प्रदान गरिएको समाजले जनाएको छ ।

शिविरमा एक सय ५२ जनाको भिडियो एक्सरे, ६६ जनाको ‘भिआइए’ जाँच र तीन जनाको प्रयोगशाला परीक्षण सेवा, इसिजी, माइनर ओटीका साथै मोतियाबिन्दुलगायत रोगको निःशुल्क उपचार गरिएको शिविरका संयोजक एवं समाजका सहसचिव विनोद न्यौपानेले जानकारी दिए । उपचारका साथै आवश्यकताअनुसार औषधि तथा चस्मा वितरण गरिएको र थप उपचार गर्नुपर्नेका हकमा सम्बन्धित अस्पतालमा रिफर गरिएको उनले बताए ।

समाजका संस्थापक अध्यक्ष डा केदारनसिंह केसीले एक सय एक वर्षीय ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेर शिविरको उद्घाटन गरेका थिय । समाजका अध्यक्ष उदयबहादुर रानामगरले जिल्लाका लागि सामाजिक र विकासका काममा राष्ट्रसेवकहरूले सक्दो भूमिका निर्वाह गर्दै आएको बताए ।

शिविरका लागि किस्पाङ गाउँपालिकाको स्वास्थ्य शाखा, त्रिशूली अस्पताल प्रमुख डा राजेन्द्र लामा, विभिन्न विशेषज्ञ, स्वास्थ्यकर्मी, किस्पाङ बहुप्राविधिक शिक्षालयका प्रशिक्षक डा अनिष दाहाललगायतले सहयोग गर्नुभएको आयोजकले जनाएको छ ।

त्यस अवसरमा किस्पाङ गाउँपालिका–५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता प्रकाश डिमडुङ, सस्थाका सचिव राजु प्याकुरेल, कोषाध्यक्ष कृष्णराज खतिवडा, गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडालगायत सहभागी थिए ।

शिविरमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा रवीन पौडेल, भिडियो एक्सरे विज्ञ डा कैलाश विक, साधारण चिकित्सातर्फ डा अशोक मिजार, स्त्रीरोग विशेषज्ञ डा तुलजा श्रेष्ठलगायतले सेवा दिएका थिय । कार्यक्रममा रु तीन लाखभन्दा बढीको निःशुःक औषधि वितरण गरिएको जनाइएको छ ।

प्रकाशित समय : १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु