काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन् ।
राष्ट्रिय सभाको २१औँ अधिवेशनको बैठकमा बोल्दै उनले वर्तमान सरकार स्वेच्छाचारी, निरंकुश तथा गरिबविरोधी मानसिकताबाट प्रभावित भएको आरोप लगाइन् ।
उनले फागुन २१ को निर्वाचनपछि सुरु भएको पहिलो बजेट अधिवेशनप्रति जनतामा ठूलो अपेक्षा रहेको उल्लेख गर्दै जनताले राजनीतिक स्थिरता र तीव्र आर्थिक विकासको चाहना व्यक्त गरेको बताइन् ।
तर सरकारका प्रारम्भिक गतिविधि, प्राथमिकता निर्धारण र प्रस्तुत हुने शैलीले जनताको अपेक्षा विपरीत निराशा पैदा गरेको उनको भनाइ थियो ।
उनले भनिन्, ‘फागुन २१ को निर्वाचनपछि पहिलो बजेट अधिवेशनमा हामी प्रवेश गरेका छौं । यतिखेर जनताका अनगिन्ती आकांक्षाहरुबाट घेरिएका छौं । जनताले आफ्नो मतका माध्यमबाट राजनीतिक स्थिरता र तीव्र आर्थिक विकासको चाहना प्रस्ट प्रकट गरेका छन् । सरकारको प्रारम्भिक दिनका गतिविधि र कार्यशैली हेर्दा दुखका साथ भन्नुपर्छ कामहरुको प्राथमिकता निर्धारण र प्रस्तुत हुने शैली र शासकीय मानसिकताका दृष्टिले स्वच्छाचारी, निरकुंश तथा असह्य र गरिबविरोधी देखिएको छ ।’
पन्तले प्रतिनिधिसभाको निर्वाचनमार्फत नयाँ सरकार गठन भएपनि सोही संसद सरकारको पहिलो निशानामा परेको आरोप लगाइन् । उनले बोलाइसकेको संसद बैठक बिना कारण स्थगित गरिएको तथा संसदको कानुन निर्माण गर्ने विशेषाधिकार कमजोर बनाउन अध्यादेशको अत्यधिक प्रयोग गरिएको दाबी गरिन् ।
उनले भनिन्,‘चुनाव प्रतिनिधिसभाका लागि भयो । प्रतिनिधिसभाको आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर नयाँ सरकार निर्माण गर्यो । तर दुर्भाग्य, त्यही संसदमाथि सरकारको पहिलो आक्रमणमा पर्योे । बोलाई सकेको संसदको बैठक विना कारण र आधारविना नै स्थगित गरियो । ऐन, कानुन निर्माण गर्ने संसदको विशेषाधिकारलाई कमजोर तुल्याउने मनसायले अध्यादेशको ओइरो लगाइयो । बजेट वक्तव्यपूर्ण सम्पन्न गर्ने कामहरुमा समेत सरकारको कर्मकाण्डी व्यवहार छर्लङ देखिएको छ । ’
उनले बजेटसँग सम्बन्धित कार्यहरूमा समेत सरकारको कर्मकाण्डी व्यवहार देखिएको टिप्पणी गर्दै लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएको बताइन्।
गृहपृष्ठ सरकारले संसद कमजोर बनाउन अध्यादेशको ओइरो लगायो : सांसद पन्त
सरकारले संसद कमजोर बनाउन अध्यादेशको ओइरो लगायो : सांसद पन्त

प्रकाशित समय : १४:५८ बजे
















