nmb bank

गृहपृष्ठ इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्वमा संयुक्त राज्य अमेरिका अत्यन्तै बलियो स्थितिमा रहेको दाबी गरेका छन् । ट्रम्पले अमेरिकी सैन्य कारबाहीका कारण इरानको सैन्य शक्ति र कूटनीतिक क्षमता निकै कमजोर भइसकेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भनेका छन,‘हामीले इरानसँगको युद्ध ठूलो अन्तरले जितिरहेका छौं । हाम्रो सेनाले अद्भुत काम गरेको छ । ‘उनले अमेरिकी सञ्चारमाध्यमहरूले भने गलत प्रचार गरिरहेको आरोप लगाए । ट्रम्पका अनुसार इरानको जलसेना पूर्ण रूपमा ध्वस्त भएको छ, वायुसेना कमजोर भएको छ र उनीहरूका एन्टी–मिसाइल उपकरणहरू बाँकी छैनन् ।
ट्रम्पले अमेरिकाले लगाएको नाकाबन्दीका कारण इरानले दैनिक ५० करोड डलर नोक्सानी बेहोरिरहेको उल्लेख गर्दै जबसम्म सम्झौता हुँदैन, तबसम्म नाकाबन्दी नहटाउने स्पष्ट पारेका छन् ।

यसैबीच, तनाब कम गर्ने अन्तिम कूटनीतिक प्रयास स्वरूप अमेरिकी उच्च स्तरीय टोली पाकिस्तानको इस्लामावादतर्फ प्रस्थान गरेको छ । टोलीमा उपराष्ट्रपति जेडी भान्स, जारेड कुश्नर र विशेष दूत स्टिभ विटकफ रहेका छन् ।

आगामी बुधबार युद्धविरामको समय सकिन लागेकाले इस्लामावादमा हुने यो वार्तालाई निकै महत्त्वका साथ हेरिएको छ । यद्यपि, इरानले ‘नाकाबन्दीको छायाँ’मा बसेर वार्ता नगर्ने अडान राखेकाले परिस्थिति थप जटिल बन्न सक्ने अनुमान गरिएको छ । यदि यो वार्ता सफल नभएमा दुई देशबीच पूर्ण–स्तरको युद्धसुरु हुन सक्ने चेतावनी दिइएको छ । एएनआई

प्रकाशित समय : ०९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु