nmb bank

गृहपृष्ठ गृहमन्त्रीको सेयर विवादबारे रास्वपा मौन बस्न हुँदैन: लिङ्देन

गृहमन्त्रीको सेयर विवादबारे रास्वपा मौन बस्न हुँदैन: लिङ्देन

गृहमन्त्रीको सेयर विवादबारे रास्वपा मौन बस्न हुँदैन: लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङको विवादित व्यावसायिक साझेदारीबारे सरकारसँग स्पष्टीकरण माग गरेका छन्।

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसम्बद्ध ‘स्टार माइक्रो इन्स्योरेन्स’ कम्पनीमा गृहमन्त्री गुरुङको सेयर रहेको कागजात सार्वजनिक भएपछि लिङ्देनले यसबारे सरकारसँग जवाफ माग गरेका हुन्।

सोमबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस विषयमा सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मौन बस्न नहुने बताए।

‘यो विषय नैतिकतासँग जोडिएको छ,’ अध्यक्ष लिङ्देनले भने, ‘आम जनताले सुशासनको आशामा रास्वपालाई मतदान गरेका हुन्। अहिले बाहिर आएका तथ्यहरूले जनतालाई निराश बनाउँछ। यस्तो अवस्थामा सरकार र सम्बन्धित दलले तत्काल सत्यतथ्य बाहिर ल्याउनुपर्छ।’

प्रकाशित समय : १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु