गृहपृष्ठ परराष्ट्र मन्त्री खनाल र फ्रान्सेली राजदूत कोर्तेवालबीच शिष्टाचार भेटवार्ता
परराष्ट्र मन्त्री खनाल र फ्रान्सेली राजदूत कोर्तेवालबीच शिष्टाचार भेटवार्ता
परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्तेवालबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल-फ्रान्स सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको छ।
मन्त्रालयका अनुसार विशेषगरी पर्यटन, लगानी तथा जलवायु परिवर्तन र हिमाली पर्यावरणका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल केन्द्रित थियो।
प्रकाशित समय : १५:०३ बजे



















