गृहपृष्ठ पूर्वराष्ट्रपति भण्डारीले एमाले नेता, कार्यकर्तालाई आग्रह
पूर्वराष्ट्रपति भण्डारीले एमाले नेता, कार्यकर्तालाई आग्रह
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एकतावद्ध भएर अघि बढन एमाले नेता, कार्यकर्तालाई आग्रह गरेकी छन् ।
बिहीवार काठमाडौंमा भूमिगत महिला नामक पुस्तकबारे आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको राष्ट्रिय एकता, सार्वभौमिता, स्वतन्त्र र लोकतन्त्रमाथिनै प्रश्न उठने अवस्था आएकाले त्यसलाई जोगाउनका लागि पनि सिंगो एमाले पंक्ति एकतावद्ध भएर अघि बढनुपर्ने अवस्था आएको तर्क गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले अनुभव नभएका नयाँ पार्टीहरुको उदयले मुलुकमाथि थुप्रै प्रश्नहरु खडा भएकाले पनि त्यसलाई जोगाउनका लागि एमाले नेता, कार्यकर्ताहरुले सक्रियतापूर्वक देश र जनताको पक्षमा गम्भिरतापूर्वक काम गर्नुपर्ने बेला आएको बताइन् ।
मुलुकमा प्राप्त मौलिक हक, स्वतन्त्रता, लोकतन्त्र नै के हुने हो ? भन्ने प्रश्न उठन थालेकाले त्यो संकटबाट देशलाई जोगाउन एमाले पंक्ति सक्रियतापूर्वक अघि बढ्नुपर्ने बेला आएको पूर्वराष्ट्रपति भण्डारीको भनाई थियो ।
प्रकाशित समय : १५:२१ बजे


















