nmb bank

गृहपृष्ठ सातदोबाटोस्थित पौडीपोखरी सञ्चालनमा

सातदोबाटोस्थित पौडीपोखरी सञ्चालनमा

सातदोबाटोस्थित पौडीपोखरी सञ्चालनमा

काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडीपोखरी सर्वसाधारणका लागि बुधबारदेखि सञ्चालनमा आएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रसाशन विभागका विभागीय प्रमुख भोजानन्द राईले पूजा गरेपछि पौडी पोखरी सञ्चालनमा आएको हो । हरेक दिन पौडी पोखरी १०–१२, १–३ र ४–७ बजेसम्म गरी ३ सिफ्टमा सञ्चालन हुनेछ ।

पहिलो र दोश्रो सिफ्टका लागि २ सय तथा तेश्रो सिफ्टका लागि २ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक र फरक क्षमता भएका लागि विशेष छुटको व्यवस्था गरिएको छ ।

जाडो याममा नियमित बन्द हुने आउटडोर पोखरी गत असोज १० गतेदेखि बन्द गरिएको थियो । आउटडोर पोखरीको छेउमै रहेको हिटिङ पौडी पोखरी भने नियमित रुपमा सञ्चालन हुँदै आएको छ ।

प्रकाशित समय : १४:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु