गृहपृष्ठ नेपाल इटाली उद्योग वाणिज्य संघद्वारा नवनिर्वाचित सांसद बसुमाया तामाङ सम्मानित
नेपाल इटाली उद्योग वाणिज्य संघद्वारा नवनिर्वाचित सांसद बसुमाया तामाङ सम्मानित
काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघले अध्यक्ष संजय अग्रवालको नेतृत्व तथा बोर्ड सदस्यहरूको उपस्थितिमा नवनिर्वाचित सांसद बसु माया तामाङलाई सम्मान गरेको छ । उक्त कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको थियो ।
सांसद तामाङ संघकी एक सम्मानित सदस्य हुन् । उनी निर्वाचित हुनु सार्वजनिक सेवा तथा समावेशी विकासप्रति उनको निरन्तर प्रतिबद्धताको प्रतिबिम्ब हो ।
यस अवसरमा संघले सुश्री तामाङलाई बधाई ज्ञापन गर्दै आफ्नो नयाँ भूमिकामा अर्थपूर्ण योगदान पुर्याउनु हुने विश्वास व्यक्त गरिएको छ ।
यस कार्यक्रमलाई सफलतापूर्वक आयोजना तथा व्यवस्थापन गरेकोमा वरिष्ठ उपाध्यक्ष रुपक राजवंशी र कार्यकारी बोर्ड सदस्य सुनिता सिंहप्रति आभार व्यक्त गरियो ।
प्रकाशित समय : १३:२८ बजे



















