global ime bank Long Banner Ad

गृहपृष्ठ ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् ।

आज दिउँसो भएको दुर्घटनामा घाइते भएका तीन जनामध्ये खाँदबारी–९ तुम्लिङटारका ११ वर्षीय मनिष कुमालको मनकामना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार दुर्घटनामा घाइते खाँदबारी–९ तुम्लिङटारका १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमालको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

तुम्लिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको को २ त ५३५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको थियो । लगत्तै नेपाली सेना, इन्द्र गुल्मको टोलीले घाइतेको उद्धार गरेर मनकामना सामुदायिक अस्पताल पठाएको थियो ।  दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन् । रासस

प्रकाशित समय : १९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु