nmb bank

गृहपृष्ठ २४ घण्टाभित्र देशभरका विमानस्थलमा सेवाको गुणस्तर सुधार गर्न निर्देशन

२४ घण्टाभित्र देशभरका विमानस्थलमा सेवाको गुणस्तर सुधार गर्न निर्देशन

२४ घण्टाभित्र देशभरका विमानस्थलमा सेवाको गुणस्तर सुधार गर्न निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगायत देशभरका विमानस्थलको सेवाको गुणस्तर सुधारसम्बन्धी निर्देशन दिएकाे छ ।

मन्त्रालयले शुक्रबार नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगायत देशभरका विमानस्थलहरूको यात्रु सेवा, सरसफाई तथा मानवमैत्री पूर्वाधारमा २४ घण्टाभित्र आवश्यक सुधारका कार्यहरू कार्यान्वयन गर्न निर्देशन दिएको हाे ।

मन्त्रालयले देशभरका विमानस्थलहरूमा यात्रुबाट प्राप्त गुनासा तथा सुझावका आधारमा सेवा, सरसफाइ र मानवमैत्री पूर्वाधारमा तत्काल सुधार आवश्यक रहेको जनाएको छ ।

विमानस्थलहरूमा विशेषगरी स्तनपान तथा शिशु हेरचाह कक्षलाई सफा, सुरक्षित र गोपनीयता सुनिश्चित हुने गरी सञ्चालन वा स्तरोन्नति गर्न मन्त्रालयले प्राधिकरणलाई भनेकाे छ । त्यस्तै, बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त यात्रुका लागि प्राथमिक हेरचाह कक्षको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।

महिला यात्रुहरूको आपतकालीन आवश्यकतालाई ध्यानमा राख्दै प्रमुख शौचालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन भनिएको छ । सरसफाइ तथा स्वच्छताका सन्दर्भमा दैनिक सरसफाइ लगबुक प्रणाली लागू गर्न, विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेका मापदण्ड पालना गर्न र नियमित निरीक्षण तथा अभिलेखीकरण सुनिश्चित गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

प्रकाशित समय : १५:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु