गृहपृष्ठ प्रिती राई कम्बोडियाको क्लबमा आबद्ध
प्रिती राई कम्बोडियाको क्लबमा आबद्ध
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रिती राई कम्बोडियन क्लबमा आबद्ध भएकी छन्।
प्रिती कम्बोडियाको प्रेह खान रिच स्वाय रिएङ महिला टोलीमा आबद्ध भएकी हुन्। गत बिहीबार कम्बोडिया प्रस्थान गरेकी प्रितीले क्लबसँग औपचारिक सम्झौता गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।
घरेलु फुटबलमा एपीएफ फुटबल क्लबबाट खेल्दै आएकी प्रिती अघिल्लो सिजन जोर्डनको इतिहादमा आबद्ध थिइन्। त्यसअघि प्रितीले भारतको किक स्टार्टसबाट भारतीय महिला लिग खेलेकी थिइन्।
प्रकाशित समय : २१:२३ बजे



















