global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ भिभोद्धारा ५० एमपीजाइस सुपर टेलिफोटो क्यामेरा सहितभी ७० सार्वजनिक

भिभोद्धारा ५० एमपीजाइस सुपर टेलिफोटो क्यामेरा सहितभी ७० सार्वजनिक

भिभोद्धारा ५० एमपीजाइस सुपर टेलिफोटो क्यामेरा सहितभी ७० सार्वजनिक

भिभोले आफ्नो लोकप्रिय भीसिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी७० सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो स्मार्टफोन विशेष रूपमा उच्च गुणस्तरको पोट्र्रेट फोटोग्राफी र टाढाबाट स्पष्ट तस्बिर खिच्नसकिने गरी डिजाइन गरिएको छ।

नयाँभी७० मा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले टाढाबाट पनि स्पष्ट र उच्च गुणस्तरका तस्बिर खिच्न मद्दत गर्छ । लाइट कमहुँदा पनि राम्रो फोटो खिच्ने यस क्यामेराले प्रयोगकर्ताहरुले महत्वपूर्ण क्षणहरू कैद गर्न सक्ने कम्पनीको दाबी छ। स्टेज कार्यक्रम वापोट्र्रेट फोटो खिच्दापनियसले उत्कृष्ट विवरण र स्पष्टता प्रदानगर्ने जनाइएको छ।

यसैगरी, भीसिरिज अन्तर्गतको भी७० मापहिलो पटक ४के ६० फ्रेम प्रति सेकेन्ड भिडियो रेकर्डिङ सुविधा उपलब्ध गराइएको छ। एआई स्टेज मोडको सहयोगले १ गुणादेखि १० गुणा र २० गुणासम्म जूम गरेर पनि स्पष्ट दृश्य कैद गर्न सकिन्छ। यसले विशेष गरी कन्सर्ट तथा स्टेज कार्यक्रमहरूमा टाढाबाट खिचिएका तस्बिरमा अनुहारको स्पष्टता र साना विवरणहरू सुरक्षित राख्न मद्दत गर्ने बताइएको छ। साथै, जाइस मल्टिफोकलपोट्र्रेट र जाइस स्टाइल बोकेह जस्ता फिचरहरूले पोट्र्रेट फोटोग्राफीलाई अझ आकर्षक बनाउनेछन् ।

डिजाइनतर्फ, भी७० मा एयरोस्पेस–ग्रेड ६–सिरिज एल्युमिनियमए लोय फ्रेम प्रयोग गरिएको छ, जसले उपकरणलाई मजबुत र टिकाउ बनाउनुका साथै जंग (corriosion) प्रतिरोधी क्षमता पनि प्रदान गर्छ । फ्ल्याट डिस्प्ले विथ राउन्डेड कर्नर्स डिजाइनले आधुनिक र प्रयोगमैत्रीअनुभवदिने कम्पनीको भनाइ छ। फ्ल्यागशिप मेटालिक क्यामेरा मोड्युलले यसको प्रिमियमलुकलाई अझनिखार दिएको छ। यो स्मार्टफोन ड्युन ग्रे र स्यान्डलवुड ब्राउन रंगमा उपलब्ध हुनेछ।

प्रदर्शनका हिसाबले, भी७० मा १.५के अल्ट्रा क्लियर ओएलईडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट राखिएको छ, जसले स्मूद र स्पष्ट दृश्य अनुभव प्रदान गर्छ । ६५०० एमएएच्क्षमताको ब्लुभोल्ट ब्याट्री र ९० वाट फ्ल्यासचार्ज प्रविधिले लामो समयसम्म प्रयोग गर्न सकिने र छिटो चार्ज हुनेछ। साथै, आईपी६८ र आईपी६९ स्तरको धुलो तथा पानी प्रतिरोधी क्षमताले दैनिक प्रयोगमा थप सुरक्षा प्रदानगर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार भी७० देशभर बिक्रीका लागि उपलब्ध भइसकेको छ । यसको १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ८३,९९९ तोकिएको छ भने १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ९४,९९९ रहेको छ । यो स्मार्टफोन भिभोका आधिकारिक विक्रेताहरू तथा दराज अनलाइन मार्फत खरिद गर्न सकिनेछ ।

भिभोे भी७०लाई थप आकर्षक बनाउन भिभोले विशेष अफरहरू पनि ल्याएको छ । पहिलो १,२०० ग्राहकले भिभो बड्स एयर ३ निःशुल्क प्राप्त गर्नेछन् । त्यसैगरी, पहिलो २,००० ग्राहकले ६ महिना सम्म मान्यहुने एकपटकको स्क्रिन रिप्लेसमेन्ट र एक पटकको वाटर ड्यामेज प्रोटेक्सन सुविधा प्राप्त गर्नेछन् ।

साथै, ४ जना भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरूप ईभी स्कुटर जित्ने अवसर पनि पाउनेछन् । ग्राहकहरूले भी७० लाई १२ महिनाको शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामा पनि खरिद गर्न सक्नेछन् ।

 

प्रकाशित समय : १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु