global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ‘पत्रकारहरूको हकहितप्रति मधेस प्रदेश सरकार सदैव सकारात्मक छ’

‘पत्रकारहरूको हकहितप्रति मधेस प्रदेश सरकार सदैव सकारात्मक छ’

‘पत्रकारहरूको हकहितप्रति मधेस प्रदेश सरकार सदैव सकारात्मक छ’

धनुषा । मधेस प्रदेश सरकारका अर्थमन्त्री महेशप्रसाद यादवले पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको संरक्षणप्रति प्रदेश सरकार सधैँ सकारात्मक र प्रतिबद्ध रहेको बताएका छन ।

धनुषाको ढल्केवरमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री यादवले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको उल्लेख गरे । उनले पत्रकारहरूले भोगिरहेका समस्या र चुनौती समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताउँदै आवश्यक नीतिगत तथा संरचनागत सुधारमा ध्यान दिइने बताए ।

“पत्रकारहरूको पेसागत सुरक्षा, क्षमता अभिवृद्धि र सामाजिक सुरक्षाको सुनिश्चितता हाम्रो प्राथमिकतामा रहेको छ,” मन्त्री यादवले भने, “सञ्चार क्षेत्र सशक्त भए मात्र सुशासन र पारदर्शिता कायम गर्न सकिन्छ ।” उनले सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन र सञ्चारमाध्यमहरूसँग सहकार्य बढाउन प्रदेश सरकार तत्पर रहेको पनि स्पष्ट पारे । साथै, पत्रकारिता क्षेत्रलाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सहभागी पत्रकारहरूद्वारा प्रस्तुत समस्या तथा सुझावहरू कार्यान्वयनका लागि सकारात्मक पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित समय : १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु