global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ लागुऔषध र अवैध हतियार खोज्न तालिम प्राप्त कुकुरको प्रयोग

लागुऔषध र अवैध हतियार खोज्न तालिम प्राप्त कुकुरको प्रयोग

लागुऔषध र अवैध हतियार खोज्न तालिम प्राप्त कुकुरको प्रयोग

सुर्खेत । प्रहरीले लागुओषध र अवैध हातहतियारको खोजीका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरि खानतलासलाई तिब्रता दिएको छ । कर्णालीमा लागूओैषध र अवैध हतियारको खोजी गर्न सवारी चेकजाचमा कडाई गरेको जनाएको छ ।

मंगलबार प्रहरीले लुम्बिनीबाट भित्रिने सवारी साधनहरुमा चेकजाच गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजंग बुढथापाले बताए ।

कर्णालीको प्रवेशद्वार भेरीगंगा नगरपालिकाका ५ स्थित बबई चेकप्वाईन्ट अगाडी इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट ट्राफिकसहित नौ जना प्रहरी र केनाइन शाखा कोहलपुर बाँकेबाट तालिम प्राप्त दुई कुकुरसहितको संयुक्त प्रहरी टोलीले चेकजाँच गरेको हो ।

सीमा नाकाबाट भित्रिन सक्ने लागू ओषध तथा अवैध हातहतियार ओसारपसार र विष्फोटक पदार्थ नियन्त्रणको लागी तालिम प्राप्त कुकुरको प्रयोगमार्फत चेकजाँच गरिएको उनले बताए ।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु