global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ एमाले संसदीय दलको नेतामा थापा चयन

एमाले संसदीय दलको नेतामा थापा चयन

एमाले संसदीय दलको नेतामा थापा चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन ।

एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठकपछि थापा निर्विरोध चयन भएका हुन । बैठकमा दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि पछि निर्विरोधरूपमा थापा चयन भएको एमालेका सांसद ऐनबहादुर महरले जानकारी दिए । उपाध्यक्ष थापालाई सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत पदाधिकारीले बधाई दिए।

प्रतिनिधिसभामा एमालेका २५ सदस्य छन् ।

प्रकाशित समय : १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु