nmb bank

गृहपृष्ठ दार्चुला निर्वाचन अपडेट : कांग्रेस ४०७ मतले अगाडि

दार्चुला निर्वाचन अपडेट : कांग्रेस ४०७ मतले अगाडि

दार्चुला निर्वाचन अपडेट : कांग्रेस ४०७ मतले अगाडि

खलङ्गा । दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले अग्रता कायम राखेको छ । हालसम्म ब्यास गाउँपालिका, दुहु गाउँपालिका र शैल्यशिखर नगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ भने अहिले महाकाली नगरपालिका–१ को मतगणना जारी छ ।

हालसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार जोशीले सात हजार ४९ मत प्राप्त गरेको छ । नेकपा ९एमाले०का उम्मेदवारका उम्मेदवार गणेशसिंह ठगुन्नाले छ हजार ६४२ मत प्राप्त गरेको छ । यससँगै कांग्रेसले एमालेमाथि ४०७ मतको अग्रता बनाएको हो । सुरुदेखि नै यी दुई दलबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार ३५६ मत प्राप्त गरेको छ । अन्य दलतर्फ नेकपा (तारा)ले ५६४ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो)ले २२५ मत पाएको छ ।

स्वतन्त्र तथा साना दलका उम्मेदवारहरूले पनि केही मत प्राप्त गरेका छन् । प्राप्त विवरणअनुसार गिलास चुनाव चिह्नका उम्मेदवारले १९ मत, हसिया आठ मत, गुलाब ४९ मत, मोबाइल १८ मत, मादल तीन मत र खुकुरी तीन मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार अहिले महाकाली नगरपालिका–१ को मतगणना जारी रहेको छ । बाँकी क्षेत्रको मतगणना सम्पन्न भएपछि अन्तिम परिणाम सार्वजनिक गरिने बताइएको छ । मतगणना जारी रहेकाले अन्तिम परिणाम कसको पक्षमा जाने भन्ने विषयमा सर्वसाधारण र राजनीतिक दलहरूबीच चासो बढेको छ ।

प्रकाशित समय : ०९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु