गृहपृष्ठ नवनिर्वाचित उम्मेदवार तथा पार्टीका शुभचिन्तकलाई विजय र्याली ननिकाल्न रास्वपाको आग्रह
नवनिर्वाचित उम्मेदवार तथा पार्टीका शुभचिन्तकलाई विजय र्याली ननिकाल्न रास्वपाको आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक डिपी अर्यालले रास्वपाबाट निर्वाचित हुने उम्मेदवार तथा पार्टीका शुभचिन्तकलाई विजयी र्याली ननिकाल्न आग्रह गरेको छ ।
आज एक भिडियो सन्देश जारी गर्दै निर्वाचित हुने उम्मेदवारसँग अबिर जात्रा गर्ने, रमाइलो गर्ने, खुसी साटासाट गर्ने तथा र्याली गर्ने धेरैको चाहना भए पनि यो विजयी जुलुस निकाल्ने समय नभएको बताए । यस पटकको निर्वाचन आउनुमा जेनजी उमेर समूहका नानीबाबुहरुको ज्यान गुमाएको पीडा हामीबाट नसेलाएको उल्लेख गर्दै उनले मध्यपूर्वमा केही समय अघिदेखि भइरहेको घटनाका कारण पनि विजयी जुलुस ननिकाल्न आग्रह गरे ।
“हामीलाई जनताले सरकार बनाउन र जनताका लागि काम गर्नका लागि दिएको कार्यादेश हो, त्यसैले हामीले जनताका लागि काम गरेपछि मतदाताहरुसँग घरदैलो गर्ने नै छौँ”, उनले भने । अर्यालले मतगणना स्थलमा मात्रै शुभेच्छुकलाई धन्यवाद दिन आग्रह गरे।
प्रकाशित समय : ०६:२८ बजे



















