गृहपृष्ठ अमेरिकाद्वारा १६ देशबाट आफ्ना नागरिकलाई तत्काल बाहिरिन निर्देशन
अमेरिकाद्वारा १६ देशबाट आफ्ना नागरिकलाई तत्काल बाहिरिन निर्देशन
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि मध्यपूर्वमा तनाव चुलिएसँगै अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वका १६ वटा देश तथा क्षेत्रबाट तत्काल बाहिरिन निर्देशन दिएको छ।
अमेरिकी विदेश मन्त्रालयले इरानको प्रत्याक्रमणको उच्च खतरालाई मध्यनजर गर्दै सुरक्षित रूपमा जतिसक्दो चाँडो ती देशहरू छोड्न ‘ट्राभल एडभाइजरी’ जारी गरेको हो।
शनिबार अमेरिका र इजरायलले इरानमाथि ‘अपरेसन इपिक फ्युरी’ नामक संयुक्त सैन्य कारबाही गरेपछि इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र इजरायलमाथि लगातार आक्रमण गरिरहेको छ।
यी १६ देशबाट बाहिरिन निर्देशन
अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई तत्काल छाड्न भनेका देश तथा क्षेत्रहरूमा बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब, सिरिया, संयुक्त अरब इमिरेट्स (युएई) र यमन रहेका छन्।
इरानले जुनसुकै बेला निसाना बनाउन सक्ने भएकाले यी क्षेत्रमा रहेका अमेरिकी नागरिक उच्च जोखिममा रहेको मन्त्रालयको निष्कर्ष छ।
प्रकाशित समय : १०:३४ बजे



















