nmb bank

गृहपृष्ठ हाम्रो संस्कृति संसारकै अनुकरणीयः राष्ट्रियसभा अध्यक्ष दाहाल

हाम्रो संस्कृति संसारकै अनुकरणीयः राष्ट्रियसभा अध्यक्ष दाहाल

हाम्रो संस्कृति संसारकै अनुकरणीयः राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको बताएको छ ।

होली पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत बनाई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरेको छ ।

सन्देशमा अध्यक्ष दाहालले भनेको छ, “यस पर्वले हामी सबैलाई आपसी सद्भाव, भ्रातृत्व एवम् विविध रङ्गको मिश्रणजस्तै एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु ।”

फागुपूर्णिमा ९होली० नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वमध्ये महत्वपूर्ण पर्व भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, मौलिक संस्कृति र विविध पर्वका दृष्टिले हामी धेरै सम्पन्न रहेको बताएको छ ।

“हामी यतिबेला प्रतिनिधिसभा सदस्य निर्वाचनको सङ्घारमा छौँ ।  गत भदौमा भएको जेनजी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिपछि यही फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ,” अध्यक्ष दाहालले सन्देशमा भनेको छ, “होली पर्वमा व्यक्त हुने आपसी सद्भाव, भ्रातृत्व र उत्साहझैँ निर्वाचनलाई पनि उत्सवकै रुपमा सम्पन्न गर्न सबैको इमान्दार र सकारात्मक पहल हुने मैले विश्वास लिएको छु ।”

प्रकाशित समय : ०६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु