गृहपृष्ठ गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण
गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण
भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आज निरीक्षण गर्नुभएको छ । बाल सुधारगृहको अवलोकन गर्दै उनले त्यहाँको वस्तुस्थितिबारे अभिरुचिपूर्वक जानकारी लिएको थियो ।
सुधार गृहको निरीक्षण गर्दै मन्त्री अर्यालले बालबन्दीहरूको शिक्षा, कक्षाकोठा, खानपान, दैनिक जीवनयापन, खेलकुद, पुस्तकालय र बस्ने व्यवस्थालगायतका बारेमा सुधारगृहका अधिकारीसँग जानकारी लिएको थियो । मन्त्री अर्यालले सुधारगृहमा रहेका १८ वर्षमाथिका बालबन्दीहरुको समयावधि नपुगेकाले बालबन्दी राख्दा आइपरेका समस्याबारे जानकारी लिएको थियो । उनले समस्या समाधानका लागि आवश्यक पहल गर्ने जानकारी दिए ।
त्यसैगरी आजै मन्त्री अर्यालले नेपाल सरकारको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको ‘निशान छाप’ चिह्न निर्माण गरेका हिमालय गौतमसँग भेट गरेको छ । अस्वस्थ अवस्थामा रहेका उनकै निवास इमाडोल पुगेर उनले गौतम परिवारसँग भेट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो ।
प्रकाशित समय : १८:५० बजे



















