global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले महाधिवेशनअन्तर्गत आज मतदान हुँदै

एमाले महाधिवेशनअन्तर्गत आज मतदान हुँदै

एमाले महाधिवेशनअन्तर्गत आज मतदान हुँदै

काठमाडौं । नेकपा एमालेको आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

११ औं महाधिवेशनअन्तर्गत बुधबार बिहान ८ बजेबाट नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।

विविध प्राविधिक कारण मंगलबार हुने भनिएको मतदान आज हुन लागेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार मतदान आज बिहान ८ बजे सुरु गर्ने तयारी गरिएको छ भने मतदानका लागि भृकुटीमण्डपमा हल परिवर्तन गरिएको छ ।

एमालेले मतदानका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनको व्यवस्था गरेको छ । महाधिवेशनमा सहभागी कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

 

प्रकाशित समय : ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु