गृहपृष्ठ अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव नपढेको आरोप लगाएपछि युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की र युरोपेली सहयोगीहरूले सोमबार लन्डनमा वार्ता गर्ने तयारी गरेका छन्।
मियामीमा युक्रेनी र अमेरिकी अधिकारीहरूबीच केही दिनदेखि भएको वार्ता शनिबार कुनै स्पष्ट सहमतिविना सकिएपछि यो छलफल भएको हो । वार्ताको अन्त्यमा जेलेन्स्कीले थप वार्ताका लागि प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
वार्तासँग परिचित एक अधिकारीले सोमबार एएफपीसँग भने, “करिब चार वर्ष लामो रूस–युक्रेन युद्ध अन्त्य गर्ने वार्तामा क्षेत्र अझै पनि ‘सबैभन्दा समस्याग्रस्त मुद्दा’ हो।”
राष्ट्रपति जेलेन्स्कीलाई बेलायती प्रधानमन्त्री केइर स्टार्मर, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले लन्डनमा स्वागत गर्नेछन ।
स्टार्मरले भने, “उहाँले जेलेन्स्कीलाई ट्रम्प प्रशासनको नेतृत्वमा सम्झौता स्वीकार गर्न दबाब दिनुहुनेछैन ।” “म राष्ट्रपतिलाई दबाब दिनेछैन,” स्टार्मरले आईटिभी न्यूजसँग भने ।
उनले भने, “सबैभन्दा महत्त्वपूर्ण कुरा यो सुनिश्चित गर्नु हो कि यदि शत्रुताको अन्त्य हुन्छ भने, र म आशा गर्दछु कि यो न्यायपूर्ण हुनुपर्दछ र यो स्थायी हुनुपर्दछ, हामी आज (सोमबार) दिउँसो छलफलमा केन्द्रित हुनेछौँ ।”
बेलायती विदेशमन्त्री यभेट कुपरले अमेरिकी समकक्षी मार्को रुबियोसँग सोमबार वासिङ्टन जाने कार्यक्रम रहेको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार मस्कोले आफ्नो छिमेकीमाथि आक्रमण जारी राखेको छ, जसमा आइतबारदेखि सोमबारसम्म कम्तिमा नौ जना घाइते भएका छन्।
जेलेन्स्कीले मियामी वार्ताका क्रममा अमेरिकी दूत स्टिभ विटकोफ र जारेड कुश्नरसँग ‘धेरै ठोस र रचनात्मक’ कुराकानीका लागि आफ्ना वार्ताकारहरूसँग सामेल भएको बताएका थिए ।
जेलेन्स्कीले सामाजिक सञ्जाल टेलिग्राममा भनेका छन, “युक्रेन वास्तविक शान्ति ल्याउनका लागि अमेरिकी पक्षसँग इमान्दारीपूर्वक काम गर्न प्रतिबद्ध छ।”
ट्रम्पले आइतबार आफ्ना युक्रेनी समकक्षीको आलोचना गर्दै केही घण्टा अघि एक पत्रकार सम्मेलनमा भने, “मैले भन्नैपर्छ कि राष्ट्रपति जेलेन्स्कीले अझै प्रस्ताव नपढेकोमा म अलि निराश छु।”
विटकोफ र कुश्नरले गत हप्ता क्रेमलिनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए ।
सोमबारको वार्ताअघि फ्रान्सका राष्ट्रपति म्याक्रोँले रूसको ‘बढ्दो प्रभाव’ को आलोचना गरेका थिए ।
अलास्कामा शिखर सम्मेलन सहितरूसी नेता पुटिनलाई युद्ध अन्त्य गर्न मनाउने ट्रम्पको प्रयासले परिणाम दिन असफल भएको छ र उनले हालै रूसी तेल कम्पनीहरूमाथि प्रतिबन्ध लगाएका छन। योजना सफल नहुँदा ट्रम्प पनि निराश भएको देखिन्छ।
“अमेरिकीहरूले युद्धविराम र शान्ति योजना ‘तत्काल’ गर्नुपर्ने जस्ता दबाब दिइरहेका छन् तर युक्रेन र उसका युरोपेली सहयोगी सावैभौमिकतामाथि आँच आउने प्रस्तावमा सहमत हुन नसक्ने बताउँदैुँदा ट्रम्प पनि निराश भएको देखिन्छ।
प्रकाशित समय : १९:५८ बजे



















